Monday, November 23, 2009

नेपाली सायरी

मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको छ मायालुको साथ छैन
अब त संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥

तार टुकि्रएर बिलाएको संगीत हुं म
संगीत नपाएर जकडिएको गीत हुं म
के भनौ खै आफुले आफैंलाई
घात र बात पचाएको प्रीत हुं म

छाती भरी आगो बाली बाँच्न कति गाह्रो छ
आँखाबाट आँशु झारी बाँच्न कति गाह्रो छ
सजिलै बिर्स्यौ तिमीले, तर तिमी नै भन त
कसैको याद सम्हाली बाँच्न कती गाह्रो छ ।


हिड्दा-हिड्दै बाटो बिराएछु मैले
यादसँगै आँशु गिराएछु मैले।
तड्पी-तड्पी यहाँ एक्लै बाँच्नु पर्दा
अञ्जानैमा मुटु चिराएछु मैले।


तीमीलाई  म  के  भनौ ?
फूल  भनौ  भने  त्यसमा  काँडा छ
चंद्रमा भनौ भने त्यसमा दाग छ
बाँदर भनौ भने त्यसमा दीमाग  छ .....

पुरानो कीताब भीत्र कतै
ओइलाएको फूल भेटीए झैँ
अचानक भेटीयौ तीमी
वेदनाको मूल भेटीए झैँ ।

मलाइ नबोलाउ नसामा झुलेको छु
तिमी त के आज संसारै भुलेको छु
पिएरै जिन्žदगीको रेखा मेटी दिन्žछु


मैले पीएकोमा रीसाएका साथीहरू 
पीएर त हेर, पीउँन झन गाह्रो छ 
मरेर शहीद हुनेहरू
जीएर त हेर, जीउँन झन गाह्रो छ ।

मेरो जस्तै तिम्रो पनि एउटा सानो कथा होला,
बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला !!


बीर्सु भन्छु ती  पलहरु ,
बीर्सन सक्दीन !!!
तीम्रो यादले सताई दीदा ,
लाग्छ अब बाच्दैन !!!

 

4 comments:

Anonymous said...

ok bro ramro sanga blog chalaunu natra google le marla ni

Anonymous said...

hello dai yo ta nawalpur ko smarak ko photo hoina ra ma pani nawalpur ko ho aaile ktm ma 6u

Prayash said...

la ramro 6 hai aaja ramro gardai janu la.

Anonymous said...

DAI SAYARI TA GAJAB LEKHIN6 NI KYA HO